
युनाइटेड अजोड इन्स्योरेन्सले दियो प्रधानमन्त्री राहत कोषमा ३१ लाख ७० हजार

काठमाडौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनी तथा कर्मचारीहरूको योगदानस्वरूप रकम जम्मा गरिएको छ। कम्पनीको तर्फबाट रु. २५ लाख तथा कर्मचारीहरूको तर्फबाट एक दिनको तलब बराबर रु. ६ लाख ७० हजार गरी जम्मा रु. ३१ लाख ७० हजार राहत कोषमा योगदान गरिएको हो।
दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस योगदानमार्फत यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड र यसका कर्मचारीहरूले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन।

