
पेनाल्टीमा एमबाप्पे चुके, रियल म्याड्रिड बेटिससँग स्तब्ध

काठमाडौं । किलियन एमबाप्पेले इन्जुरी समयको चौथो मिनेटमा पाएको पेनाल्टी गुमाएपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग १–० गोलले पराजित भएको छ । एस्टाडियो ला कार्तुजा डे सेभियामा भएको खेलमा बेटिसका ट्रोय पारोटले ८१औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यो हारसँगै जोसे माउरिन्हो रियलको प्रशिक्षकका रूपमा फर्किएपछि पहिलो पटक पराजित भएका छन् । खेलको सुरुआतदेखि नै रियल आक्रमणलाई तीव्रता दिएको थियो । तर, गोल भने गर्न सकेनन् । रियलले पहिलो हाफमा लगातार दबाब बनाए पनि गोल गर्न सकेन । एमबाप्पेका दुई प्रहारलाई नातान र मार्क बात्र्राले गोललाइनमै रोके । हुइसेनको हेडर पनि क्रसबारमा लागेपछि रियल अग्रता लिनबाट वञ्चित भयो ।
दोस्रो हाफमा बेटिसले आफ्नो रक्षापंक्ति र मिडफिल्डलाई बलियो बनाएपछि रियलको आक्रमण केही कमजोर देखियो । ६८औँ मिनेटमा मैदान प्रवेश गरेका पारोटले ८१औँ मिनेटमा बेटिसलाई अग्रता दिलाए । त्यस पछि दुवै टोलिबाट गोल हुन सकेन र बेटिस विजयी भयो ।

