
सेयर बजारमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब माथि

काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज एकल अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भेन ४ वटाको घटेको छ ।
परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन तीन अर्ब भन्दा कमको कारोबार भएको बजारमा आज भने ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ४० हजार ६९२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँको कारोबार भएको छ ।

