
कामना सेवा विकास बैंकले आर्जन गर्यो ३२ करोड २४ लाख नाफा, अन्य सूचक समेत मजबुत बन्दै



काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो क्वाटर अर्थात पछिल्लो ६ महिनामा कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा सो प्रगति देखिएको हो ।
यता कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधि तुलनामा २४.५५ प्रतिशतले बढेको छ भने गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको नाफा २५ करोड ८९ लाख रुपैयाँ रहेको तथ्यांकमा देखिन्छ।
कम्पनीका अनुसार सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.६४ प्रतिशतले बढेर १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ पुगेको बेलामा गत आर्थिक वर्षको समिक्षा अवधिमा भने उक्त आम्दानी ९५ करोड ८८ लाख रुपैयाँ कायम रहेको थियो ।
त्यसरी नै कम्पनीको सञ्चालन नाफा ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी समेत १७ करोड ४५ लाख रुपैयाँबाट बढेर ३७ करोड ५५ लाख रुपैयाँ पुगेको देखिन्छ भने चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६४ करोड सञ्चिति रहेको छ । कम्पनीको खराब कर्जा ४.३५ प्रतिशत रहेको विवरण बैंकले सार्वजनिक गरेको हो ।
हाल कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी १८.३७ रुपैयाँ रहदा यता प्रतिशेयर नेटवर्थ पनि १५७.४६ रुपैयाँ रहेको छ । आगामी दिनमा आफ्ना सूचकहरु थप मजबुत बन्दै जाने बैंक स्रोतले जानकारी समेत दिएको अवस्था छ ।

