
‘तयारी जितको’ नारासहित प्रभु महालक्ष्मी लाइफ धनकुटाको बृहत् कार्यक्रम

धनकुटा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धनकुटा शाखाले कम्पनीको यस वर्षको व्यावसायिक नारालाई केन्द्रमा राख्दै ‘तयारी जितको’ शीर्षकमा बृहत् अभिकर्ता तथा व्यवसायिक कार्यक्रम सम्पन्न गरेको छ।
गत आर्थिक बर्ष को ब्यवसायिक समीक्षा ,अभिकर्ताको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा आगामी दिनमा कम्पनीको लक्ष्य हासिल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बीमा व्यवसायसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण, अन्तरक्रिया तथा व्यवसायिक रणनीतिबारे छलफल तथा उत्कृष्ट अभिकर्ता हरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी “बि” प्रदेश प्रमुख जगत नाथ फुयलले अभिकर्ताहरूलाई विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले बीमा व्यवसायमा सफल हुन योजनाबद्ध तयारी, स्पष्ट लक्ष्य, निरन्तर सक्रियता र ग्राहकसँगको दीर्घकालीन सम्बन्ध अपरिहार्य रहेको बताउनुभयो।
प्रदेश प्रमुख फुयलले कम्पनीको ‘तयारी जितको’ नाराले व्यवसायमा अघि बढ्न आवश्यक तयारी, अनुशासन र सकारात्मक सोचलाई प्रतिनिधित्व गर्ने बताउँदै अभिकर्ताहरूलाई लक्ष्य केन्द्रित भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो।
उहाँले जीवन बीमा व्यक्तिको मात्र नभई परिवारको आर्थिक सुरक्षासँग जोडिएको विषय भएकाले प्रत्येक नागरिकसम्म बीमाको पहुँच विस्तार गर्न अभिकर्ताहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। बदलिँदो बीमा बजारमा ग्राहकको आवश्यकता पहिचान गरी उपयुक्त बीमा समाधान प्रदान गर्न सके व्यवसायिक सफलता हासिल गर्न सहज हुने उहाँको भनाइ थियो।
कार्यक्रममा अभिकर्ता उत्पादन तथा सक्रियता, ग्राहक विस्तार, व्यवसाय वृद्धि, नियमित फलोअप, पोलिसी निरन्तरता, सेवा प्रवाह तथा आगामी व्यवसायिक लक्ष्य प्राप्तिका रणनीतिलगायतका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन धनकुटा शाखा प्रमुख भगवती कार्कीले गर्नुभएको थियो। शाखा प्रमुख कार्कीले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै शाखाको व्यवसायिक गतिविधि, आगामी कार्ययोजना तथा लक्ष्य प्राप्तिका विषयमा समेत सहभागीहरूलाई अभिमुखीकरण गराउनुभएको थियो।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले प्रशिक्षणबाट व्यवसाय सञ्चालन तथा ग्राहक सेवासम्बन्धी नयाँ ऊर्जा र व्यवहारिक ज्ञान प्राप्त भएको बताएका छन्। सहभागीहरूले आगामी दिनमा अझ योजनाबद्ध र सक्रिय ढंगले व्यवसाय विस्तारमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
‘तयारी जितको’ नारालाई व्यवहारमा रूपान्तरण गर्दै धनकुटा शाखाले अभिकर्ताको क्षमता विकास, व्यवसाय विस्तार र गुणस्तरीय ग्राहक सेवामार्फत आगामी दिनमा थप उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमले अभिकर्ताहरूमा लक्ष्यप्रतिको स्पष्टता, तयारीप्रतिको प्रतिबद्धता र सफलताप्रतिको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

