
नेपाल लाइफ पेशागत बीमा अभिकर्ता संघ नेपाल द्वारा भोटेकोशी बाढी प्रति दुःख व्यक्त

काठमाडौं । पेशागत बीमा अधिकर्ता संघ नेपाल नेपाल लाइफले भदौ १० गतेको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो ।
‘भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षति निकै अपुरणीय छ । यस दुःखद घडीमा ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विषम परिस्थितिमा पिडित वीमित र उहाँहरूका आश्रित परिवारजनलाई वीमा अभिकर्ता साथीहरूले दाबी भुक्तानी लगायतका कार्यमा सहजिकरण गर्नहुन अनुरोध गरिन्छ,’ अध्यक्ष गणेश अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।

