
चिनमा नदि थुनिएर बनेको ताल फुट्ने सम्भावना उच्च, भोटेकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं । चिनमा नदि थुनेर बनेको तालमा पानीको सतह बढी रहेको र फुट्ने जोखिम रहेकाले सावधानि अपनाउन आग्रह गरिएको छ । चिन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय मार्फत बाढी पूर्वानुमान महाशाखालाई प्राप्त जानकारी अनुसार नदि थुनिएर बनेको ताल बढ्ने क्रममा रहेको जनाइएको छ ।
उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुंदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खथिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई महाशाखाले अनुरोध गरेको छ ।

