
माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँचजना कर्मचारी सम्पर्कविहीन हुन पुगेका छन्। बैंकका अनुसार बैंकको टिमुरे शाखामा कार्यरत भिम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ हालसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेका छन्।
बैंकले उक्त कर्मचारीहरूका बारेमा कुनै जानकारी भएमा तत्काल बैंकलाई खबर गर्न अनुरोध समेत गरेको छ।

