
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २० हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २२ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँ रहेको थियो ।

