
१२ सय बढी पत्रकारको दुर्घटना बीमा सम्पन्न
काठमाडौ । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशद्वारा आयोजित मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा १,२२७ जना पत्रकारहरूको “दुर्घटना बीमा शुभारम्भ कार्यक्रम” गरिएको छ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुखले विशेष अतिथिका रूपमा मन्तव्य व्यक्त गरेका हुन ।
सोही मन्तव्यका क्रममा उनले जोखिमपूर्ण क्षेत्रमा खटिने पत्रकारहरूको पेशागत तथा सामाजिक सुरक्षाका लागि दुर्घटना बीमा अत्यन्त आवश्यक रहेको बताउदै बीमाको दायरा विस्तारमा प्राधिकरणको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।



