
राष्ट्रिय बीमा कम्पनी आरबीसीएल सीईओ बिहीन, छैन कामू सीईओ समेत

काठमाडौं । पछिल्लो समय कतिय नेपाली बीमा कम्पनीहरु मुख्य नेत्तृत्व बिहीन अवस्थामा गुज्रिन पुगेका छन् । यस्तो बेलामा कामू सीईओ समेत नरहेको अवस्थामा सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी आरबीसीएल देखिएको हो ।
खयर, विषय जे सुकै हुन बीमा कम्पनीहरु नेत्तृत्व बिहीन हुनु वा मुख्य नेत्तृत्व कुनै न कुनै दबाबमा रहेर त्यसको प्रत्यक्ष प्रभाव कम्पनीमा पर्नु आफैमा दर्दनाक अवस्था हुने गरेको छ ।
बीमा कम्पनीहरुले समयमा नै आफ्ना वार्षिक कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने उनीहरुको तालिका हुने गर्छ । अहिले कतिपय कम्पनीहरुलाई आफ्नो (साधारण तालिका )क्यालेण्डर अनुसार सम्पन्न गर्न पनि हम्मे हम्मे परेको अवस्था छ ।
बीमा कम्पनीहरुले आगामी नयाँ आर्थिक वर्षका लागि वित्तीय विवरण पूरा गर्ने देखि नयाँ वर्षको वार्षिक प्लान बनाउनु केही कम्पनीलाई सहज तथा कतिपयलाई फलामको चिउरा चपाएको अवस्था बनेको स्थिती छ ।
एउटा तालिकामा भएको हेरफेर सिधै साधारण सभा सम्पन्न गर्ने मितिसम्मलाई हेरफेर पार्ने अनुभव बीमा कम्पनीहरुसँग जीवित नै छ । यस्तो बेलामा बीमा कम्पनीका कतिपय काम कारबाहीलाई छिटो, छरितो, पारदर्शी र विश्वस्नीय बनाउँनुको विकल्प समेत छैन ।
एकातिर बीमितहरुलाई रियल टाइम डेटा चाहिएको छ भने अर्कोतिय केही कम्पनीहरुमा पुराना र सिमित गुटबन्धीको धंगधंगी कहिकतै जीवित रहेको यसका अनुभविहरु स्वीकार गर्छन् ।
बीमा कम्पनीहरुमा को सीईओ बन्ने र कसले नेत्तृत्व लिने भन्ने खोजी संचालकहरुको दैनिकी बनिरहेको बेलामा कम्तीमा जो कोही सीईओ भए पनि कम्पनीचाही अबको दिनमा पदबिहीन वा रिक्त नबनाउने हो किन्ने भन्ने लगायतका बहसहरु अहिले बीमा बजारमा चलेको देखिन्छ ।
नेपाल पुनर्बीमा कम्पनीमा कार्यवहाक सीईओ
हाल नेपाल पुनर्बीमा कम्पनीमा सोही कम्पनीमा पुराना एवम् अनुभवी सीईओ दामोदर भण्डारीले नेत्तृत्व लिइरहेको अवस्था छ । उनी यस अघिका सीईओ सुरेन्द्र थापाको कार्यसम्पादनमा केही फरक अवस्था सिर्जना हुँदा हाल भण्डारी कामू सीईओको रुपमा छन् ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स
राष्ट्रिय जीवन बीमा कम्पनी
हाल राष्ट्रिय जीवन बीमा कम्पनीमा नेपाल बैंकको समेत अनुभव हाँसील गरका सीईओ सुन्दर पन्थी कार्यरत छन् । सरकारी संस्थानमा विद्यमान कतिपय सम्भावनालाई एउटा निश्चित आकार दिन सके आगामी दिनमा सरकारी संस्था थप अब्बल बन्ने, टप लिस्टमा पर्दै जाने अनुभव उनीसँग छ ।
अध्यक्षकै खोजीमा नेपाल बीमा प्राधिकरण
अहिले नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकायमा नै कस्ले अध्यक्षका कमाण्ड सम्हाल्ने भन्ने विषय एकातिर कौतुहलतादेखि अर्कातिर खाँचोको रुपमा औंल्याउन सुरु गरिएको छ । बीमा बजारमा कतिपय अनुभवीहरुको समिपमा जाँदा उनीहरुले प्रशासन बुझेको वा बीमा बुझेको अथवा दुवै बुझेको व्यक्ती आपरिहार्य हो भन्ने गम्भिर छलफल चलेको फेला पर्ने गरेका छन् ।
जब स-साना व्यवसायीमा काम गर्ने उत्साह जाग्छ त्यसले समेत बृहद अर्थतन्त्रको सुधारमा सघाउने कुरालाई नकार्न सकिन्न । एकातिर कडाईको डण्डाले बीमाको बेथिती रोक्दा बीमा क्षेत्र थप पारदर्शी बन्ने र बीमाको वास्तविक विश्वास जनमानमा जाग्ने विषयमा समिक्षा हुने गरेका छन् भने दोस्रो पक्षमा बजार विज्ञहरु बीमा जस्तो बजारीकरण हावी हुने व्यवसायमा बीमा चेतना र यसका मार्केटिंग अति आवश्यक रहनेमा घोत्लिने गरेका छन् ।
तत्कालका लागि राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्ती प्रक्रियामा रहेको जगजाहेर रहेको बेलामा सोही कम्पनीमा कामूूको जिम्मेवारी नदिँदा कार्य सम्पादनमा केही कठिनाई उत्पन्न भएको समेत फेला परेको छ । ठिक सोही आरबीसीएल जस्तो अवस्था अन्य कम्पनीमा विद्यमान नभए पनि मुख्य अध्यक्ष बिहीनको शिकारमा कुनै पनि कम्पनी नपरुन् भन्ने बीमा क्षेत्रलाई निजिकबाट नियाल्नेहरु र यसलाई बुझ्नेहरु सुनाउँछन् ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स

