
गृहमन्त्री लक्षित ज्ञानेन्द्र शाहीको कटाक्ष : देशको ठुलो अपराधी हुन् दुर्गा प्रसाईं ?

काठमाडौ । यो देशको सबैभन्दा ठूलो अपराधी दुर्गा प्रसाईं नै रहेछन् कि क्या हो, गृहमन्त्रीज्यू? यो प्रश्न ज्ञानेन्द्र शाहीको हो ।
विपक्षी दलका साम्सद शाही लेख्छन् – वाइडबडी, एनसेल, मेलम्ची, ओम्नी लगायतका ठूला घोटाला तथा भ्रष्टाचारका प्रकरणमा जोडिएका भनिएका ठूला नाइकेहरूको घरमा प्रहरी पुग्न नसक्ने, तर प्रहरीलाई फुर्सद हुनेबित्तिकै दुर्गा प्रसाईंको घरमै पुगिहाल्ने?
गृहमन्त्रीज्यू
अब प्रहरी साथीहरूलाई साँच्चै दुर्गा प्रसाईंको घर जानै यति फुर्सद हुन्छ भने एउटा काम गरौँ—
प्रहरी चौकी नै दुर्गा प्रसाईंको घरभित्र स्थापना गरौँ!

