
सेयर बजार परिसूचक १९ अंकले घट्यो, कारोबार पनि घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले निरन्तर्ता पाएको छ । अघिल्ला दिनहरुमा झिनो अंकले मात्रै घटिरहेको बजार आज भने उच्च अंकले घटेर बन्द भएको हो ।
मंगलबार सेयर बजार परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.५५ अंकले घटेर ४६१.०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कुल १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन साढे ५ अर्ब माथिको कारोबार भएको थियो भने आज ५ अर्ब भन्दा केही बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजार ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५५ हजार २४६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

