
एक वर्षमा भारतबाट साढे १० अर्ब रुपैयाँको बिजुली आयात

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८२/०८३ को अवधिमा भारतबाट साढे १० अर्ब रुपैयाँको बिजुली खरिद गरेको छ । गत आर्थिक वर्षमा भारतबाट नेपालले १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको हो ।
मंगलबार प्रतिनिधि सभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्वदेशमा विद्युतको माग धान्न सुख्खायाममा भारतबाट उक्त बिजुली आयात गरिएको बताएका हुन् ।
उनले नेपालका खोलानदीहरु नदी प्रवाहमा आधारित भएकाले बर्खायामा उत्पादन उच्च हुने र सुख्खायाममा विद्युत् उत्पादक कम भइ माग धान्न कम हुने बताए । सुख्खायामका बेला अपुग हुने बिजुली आयात गर्नुपरेको उनको भनाइ छ ।

