
ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, जुरुक्कै उठ्योविपक्षी बेञ्च

काठमाडौं । रास्वपा सांसदको ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकारले भ्रष्टाचार, बेथिति, अनियमितता र गुन्डाराजको क्यान्सरबाट मुक्त गराउने बताएकी थिइन् ।
उनले विगतका ३५ वर्षको शासनकै कारणले गत भदौमा जेनजी आन्दोलन भएको बताइन् । उनले विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ढलेको जेनजीको रगत अझै नसुकेको बताइन् । उनै सांसद संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसद उठेर विरोध जनाए । संग्रौलाको आरोपपछि एमालेकी सांसद साजिदा सिद्दीकीले प्रतिवाद गरिन् । रास्वपाको सरकारले गुण्डाराज चलाएको बताइन् । उनले प्रतिपक्षले प्रश्न गर्दा गुण्डाराज भनेको भन्दै आपत्ति जनाइन् ।
उनले प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको बताइन् । जेनजी आन्दोलनका कुरा गर्नेले सिरहामा सरकारले चलाएको गोलीबारे पनि सरकारले जवाफ दिनुपर्ने बताइन् । सिद्दीकीको जवाफपछि सङ्ग्रौलाले फेरि प्रतिवाद गरिन् । उनले सिद्दीकीको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

