
जीवनका हरेक चरणमा फरक आवश्यकता, त्यसअनुसार मेटलाइफका बीमा समाधान

काठमाडौं । मानिसको जीवन अमूल्य छ । मानिसको जीवनलाई कुनै मुद्राको हिसाबमा मूल्यांकन गर्न सकिँदैन । तर, जीवन अमूल्य हुँदाहुँदै पनि विभिन्न जोखिमहरूले भरिपूर्ण भने पक्कै छ ।
मानव जातिले विभिन्न सभ्यताका चरणहरू पार गर्दै आजको समयसम्म आइपुगेको हो । यस क्रममा मानव जीवन सधैँ कुनै न कुनै जोखिमबाट गुज्रिँदै आएको छ । हिजोका दिनमा प्रविधि र स्रोतसाधनको विकास सीमित हुँदा पनि जीवनमा जोखिम थियो । आज नवीनतम प्रविधि र स्रोतसाधनको विकास भइरहेको अवस्थामा पनि जोखिमहरू घटेका छैनन् । बरु, जीवनशैली र आवश्यकतासँगै जोखिमका स्वरूपहरू पनि परिवर्तन हुँदै गएका छन् ।
विश्वमा जोखिम विभिन्न प्रकारका छन् । तर, व्यक्तिलाई सबैभन्दा बढी प्रभावित गर्ने जोखिममध्ये आर्थिक जोखिम प्रमुख मानिन्छ । मानव जीवनको मूल्य यति हो भनेर निश्चित गर्न सकिने अवस्था छैन । तथापि, जीवनमा आइपर्न सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै भविष्यलाई थप सहज र सुरक्षित बनाउन जीवन बीमाको अवधारणा विश्वभर विकसित भएको हो ।

आज पनि जीवन बीमा कुन वर्गका मानिसका लागि हो भन्ने प्रश्न उठ्ने गर्दछ । तर, वास्तविकता के हो भने जीवन बीमा कुनै एक वर्ग वा उमेर समूहका मानिसका लागि मात्र होइन । मानिसको जीवनका विभिन्न चरण र आवश्यकताअनुसार फरक–फरक बीमा समाधान आवश्यक पर्न सक्छ ।
मानिस जन्मिन्छ, हुर्किन्छ, शिक्षा हासिल गर्छ, रोजगारीमा प्रवेश गर्छ, विवाह गर्छ, परिवार बनाउँछ र परिवारको भविष्यका लागि विभिन्न योजना बनाउँछ । समयसँगै उसले अवकाश जीवनको पनि योजना बनाउँछ । जीवनका यी हरेक चरणमा आवश्यकता र जोखिम फरक हुन्छन् । त्यसैले बीमा समाधान पनि एउटै प्रकारको हुनुपर्छ भन्ने हुँदैन ।

दुर्घटना कसैले देखेको हुँदैन । दुर्घटनापछि कसले सहयोग गर्नेछ भन्ने कुरा पनि पहिल्यै निश्चित हुँदैन । तर, जीवन बीमा तथा सम्बन्धित बीमा समाधानले यस्ता अनिश्चित जोखिमका समयमा व्यक्ति र परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
मानिसले आफ्ना योजना कार्यान्वयन गर्न निश्चित वातावरण र आर्थिक आधार खोजिरहेको हुन्छ । कामपछिका अवकाशका दिनहरूमा आराम र सन्तुष्ट जीवन बिताउने चाहना सबैको हुन्छ । त्यसैगरी, रोजगारदाता र कर्मचारी दुवैका लागि पनि आर्थिक सुरक्षा महत्वपूर्ण विषय हो । कर्मचारीको जोखिम बहन हुँदा उनीहरू अझ सुरक्षित र विश्वस्त महसुस गर्न सक्छन्, जसले संस्थाको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमतामा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।

यिनै आवश्यकता र जीवनका विभिन्न चरणलाई ध्यानमा राखेर बीमा कम्पनीहरूले फरक–फरक बीमा समाधान ल्याउँदै आएका छन् । मेटलाइफ नेपालले पनि विभिन्न उमेर समूह, जीवनशैली र आवश्यकताअनुसार आफ्ना बीमा योजनाहरू प्रस्तुत गर्दै आएको छ । मेटलाइफ नेपालको प्रमुख उद्देश्य जीवनका विभिन्न चरणमा सधैँ साथमा रहँदै अझ विश्वस्त भविष्य निर्माण गर्न सहयोग गर्नु हो । यही उद्देश्य अनुसार कम्पनीले आफ्ना ग्राहक र समुदायका आवश्यकतासँग जोडिएका विभिन्न पहलहरू सञ्चालन गर्दै आएको छ ।
आउनुहोस्, अब मेटलाइफ नेपालका विभिन्न जीवन चरण र आवश्यकतासँग जोडिएका बीमा समाधानबारे चर्चा गरौँ ।
स्वास्थ्य बीमा योजना
स्वास्थ्यसँग सम्बन्धित जोखिम जीवनका जुनसुकै चरणमा पनि आइपर्न सक्छ । त्यसैले जीवन बीमासँगै स्वास्थ्य र दुर्घटनासँग सम्बन्धित सुरक्षा पनि महत्वपूर्ण हुन्छ ।
मेटलाइफ नेपालका विभिन्न योजनामार्फत जीवन बीमा तथा स्वास्थ्यसँग सम्बन्धित जोखिमका लागि फरक–फरक सुरक्षा समाधान प्राप्त गर्न सकिन्छ । लाइफ केर यस्तो समाधान हो, जसले जीवन बीमासँगै तोकिएका २४ वटा गम्भीर रोगको निदानमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्य राख्छ । त्यस्तै, जीवन सुरक्षालाई प्राथमिकता दिने व्यक्तिका लागि लाइफ केर माइ लाइफले मृत्युको जोखिमविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ । अझ गम्भीर रोग र जीवन सुरक्षालाई एउटै समाधानमा जोड्न चाहनेहरूका लागि लाइफ केर ब्रेवले १४ वटा गम्भीर रोगसँगै जीवन बीमा सुरक्षा प्रदान गर्दछ । मेटलाइफको लाइफ केर बिउटीफुल विशेष रूपमा महिलाहरूका लागि डिजाइन गरिएको सुरक्षा बीमा योजना हो। यस योजनाले मृत्यु को जोखिमसँगै महिलामा हुने विभिन्न घातक रोगहरू विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्छ। बीमित व्यक्तिलाई सूचीबद्ध रोगको निदान भएमा उपचार, हेरचाह तथा आयमा आउने कमी व्यवस्थापन गर्न एकमुष्ट बीमा रकम प्रदान गरिन्छ । यसरी एउटै प्रकारको जीवन बीमाभन्दा फरक, व्यक्तिको प्राथमिकताअनुसार सुरक्षा छनोट गर्ने अवसर यी योजनाहरूको विशेषता हो ।
त्यस्तै, दुर्घटनासँग सम्बन्धित जोखिमका लागि लाइफ शिल्ड जस्तो समाधानले दुर्घटनाका कारण हुने औषधोपचार खर्च, अस्पतालमा भर्ना हुँदा प्राप्त हुने सुविधा तथा दुर्घटनाका कारण हुने अशक्ततासँग सम्बन्धित आर्थिक सहयोगजस्ता लाभ प्रदान गर्न सक्छ । दुर्घटनाको प्रभाव केवल तत्कालीन उपचार खर्चमा सीमित नहुन सक्ने भएकाले, उपचारसँगै आयमा पर्न सक्ने असरलाई समेत ध्यानमा राख्नु यसको महत्वपूर्ण पक्ष हो ।
परिवार र शिक्षा योजना
मानिसले परिवार बनाइसकेपछि उसको प्राथमिकता अझ फराकिलो हुन्छ । आफ्ना सन्तानको भविष्य र शिक्षाका लागि सुरक्षित योजना बनाउनु अभिभावकको प्रमुख चाहनामध्ये एक हो । यसै आवश्यकतालाई ध्यानमा राखेर मेटलाइफले माइ चाइल्डस् एडुकेसन प्रोटेक्सन योजना ल्याएको छ । यो योजना बच्चाको शिक्षालाई सुरक्षित गर्न डिजाइन गरिएको हो । यसको विशेषता भनेको यसले बच्चासँगै पोलिसीधारक अभिभावकलाई पनि बीमा सुरक्षामा समेट्नु हो ।
यस योजनाअन्तर्गत बच्चा र अभिभावक दुवैको सुरक्षालाई ध्यानमा राखिन्छ । जीवनमा अप्रत्याशित अवस्था आइपरे पनि बच्चाको शिक्षा र भविष्यको योजनालाई निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्य यस योजनाको मुख्य पक्ष हो । त्यसैले यो सामान्य बचत योजना मात्र नभई बच्चाको शिक्षा र अभिभावकको सुरक्षालाई एकैसाथ सम्बोधन गर्ने समाधानका रूपमा प्रस्तुत गरिएको छ ।
बचत र लगानी योजना
भविष्यका लागि मानिसले आफ्नो क्षमताअनुसार बचत गर्दै आएको हुन्छ । आजको आम्दानीलाई योजनाबद्ध रूपमा प्रयोग गर्दै भविष्यको आर्थिक सुरक्षा सुनिश्चित गर्नु पनि धेरैको प्राथमिकता बन्ने गरेको छ ।
मेटलाइफ नेपालका बचत तथा लगानीसम्बन्धी डबल प्रोटेक्सन प्लस (डिपीपी) र फ्युचर केर डिपीएस जस्ता योजनाहरू रहेका छन् ।
डबल प्रोटेक्सन प्लसको मुख्य विशेषता भनेको बचतसँगै उच्च जीवन सुरक्षा प्रदान गर्नु हो । यस योजनाअन्तर्गत पोलिसी अवधिभित्र बीमितको मृत्यु भएमा बीमित रकमको दुई गुणासम्मको मृत्यु लाभ उपलब्ध हुने व्यवस्था रहेको छ । साथै, बूस्टर फण्ड र लोयल्टी रिवार्ड जस्ता लाभले योजनाको मूल्यलाई थप बलियो बनाउन सहयोग गर्छन् । सीमित अवधिका लागि प्रिमियम भुक्तानी गर्ने तथा एकमुष्ट वा सीमित प्रिमियम भुक्तानीका विकल्प रोज्न सकिने भएकाले भविष्यका लागि बचत र बलियो सुरक्षा दुवै चाहने व्यक्तिका लागि यो महत्वपुर्ण समाधान बन्न सक्छ ।
त्यस्तै, फ्युचर केर डिपीएस बचत र सुरक्षालाई एकैसाथ जोड्ने योजना हो । यसले आकर्षक परिपक्वता मूल्यका लागि बचत गर्ने अवसरसँगै दुर्घटनासम्बन्धी महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ । यस योजनामा जीवन सुरक्षा चाहने व्यक्तिका लागि गोल्ड प्लान र दुर्घटना सुरक्षालाई प्राथमिकता दिने व्यक्तिका लागि सिल्वर प्लान जस्ता विकल्प रहेका छन् । दुर्घटनाका कारण मृत्यु वा स्थायी तथा पूर्ण अशक्तता भएको अवस्थामा अतिरिक्त दुर्घटना लाभ प्राप्त हुने भएकाले बचतसँगै दुर्घटना सुरक्षालाई पनि प्राथमिकता दिने व्यक्तिका लागि यो योजना उपयोगी हुन सक्छ ।
यसरी, डबल प्रोटेक्सन प्लसले उच्च जीवन सुरक्षा र बचतलाई जोड दिन्छ भने फ्युचर केर डिपीएसले बचत तथा दुर्घटना सुरक्षालाई एकैसाथ सम्बोधन गर्दछ । व्यक्तिको आवश्यकता र भविष्यको लक्ष्यअनुसार फरक समाधान रोज्न सकिने यही विविधता जीवन बीमाको महत्वपूर्ण पक्ष हो ।
अवकाश योजना
मानिसले आफ्नो काम गर्ने समयसँगै अवकाशपछिको जीवनको पनि योजना बनाइरहेको हुन्छ । जीवनभर काम गरेपछि आर्थिक चिन्तामुक्त भएर आरामदायी जीवन बिताउने चाहना धेरैको हुन्छ । यसै आवश्यकतालाई ध्यानमा राखेर मेटलाइफले सुभविष्य आजीवन आय जस्तो अवकाशसम्बन्धी समाधान प्रस्तुत गरेको छ । यस योजनाको मुख्य विशेषता भनेको सीमित अवधिसम्म प्रिमियम भुक्तानी गरेपछि अवकाश जीवनका लागि नियमित मासिक आम्दानीको योजना बनाउन सकिने अवसर हो ।
बीमितले आफ्नो आवश्यकता र अवकाश योजनाअनुसार जीवनभर मासिक आय वा २० वर्षको ग्यारेन्टीसहित मासिक आय प्राप्त गर्ने विकल्प रोज्न सक्छ । त्यस्तै, परिपक्वतामा एकमुष्ट रकम प्राप्त गर्ने विकल्प पनि उपलब्ध छ । यसरी एकैपटक ठूलो रकमभन्दा अवकाशपछिको नियमित आम्दानीलाई प्राथमिकता दिने व्यक्तिका लागि यो योजना विशेष रूपमा उपयोगी हुन सक्छ ।
मेटलाइफ: जीवनका हरेक चरणमा साथ
मेटलाइफ नेपाल यसै वर्षको अन्त्यमा स्थापनाको २५औँ वर्षमा प्रवेश गर्दैछ । कुनै पनि कम्पनी लामो समयसम्म सक्रिय रहनु आफैँमा महत्वपूर्ण उपलब्धि हो । यसका लागि ग्राहकको विश्वास र कम्पनीको निरन्तर प्रतिबद्धता दुवै आवश्यक हुन्छ ।
बीमाको कुरा गर्दा मानिसको जीवनमा आइपर्न सक्ने विभिन्न जोखिमलाई बुझ्दै त्यसअनुसारका समाधान प्रस्तुत गर्ने कम्पनीले ग्राहकको विश्वास जित्न सक्छ । मेटलाइफ नेपाल पनि जीवनका विभिन्न चरण र आवश्यकताअनुसार बीमा समाधान प्रस्तुत गर्दै नेपाली ग्राहकको जीवनमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै आएको छ ।
यदि कुनै पनि कम्पनी यतिका लामो समयसम्म स्थापनापछि सक्रिय भइरहन्छ भने यो पक्कै पनि चानेचुने कुरा होइन । त्यो कम्पनीलाई मानिसहरूले विश्वास गरेको हुनुपर्छ र कम्पनीले पनि मानिसहरूलाई विश्वास दिलाएको हुनुपर्छ । जहाँसम्म बीमाको कुरा छ जुन बीमा कम्पनी मानिसको जीवनमा आइपर्ने विभिन्न जोखिमहरुलाई वर्गीकरण गर्दै ती जोखिमहरूलाई पार लगाउने योजनाहरू पस्कदै जान्छ, त्यस्तो बीमा कम्पनी सबै मानिसको मन मुटुमा बस्ने गर्दछ । नेपालमा त्यस्ता बीमा कम्पनीहरू सीमित छन् जसलाई औंलामा गन्न सकिन्छ । ती सीमित बीमा कम्पनीहरुमध्ये मेटलाइफ नेपाल पनि त्यस सूचीमा पर्न सकारात्मक पाइलाहरू चालिरहेकै छ दैनिक जीवनका पक्षहरूसँग सरोकार राख्ने कुराहरूमा सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्य राखेर यस बीमा कम्पनीले नेपालीको मन मस्तिष्क जित्दैछ ।
मेटलाइफका बीमा योजनासम्बन्धी विस्तृत विवरण अब वान बाई मेटलाइफ एप मार्फत पनि सहज रूपमा हेर्न सकिन्छ । ग्राहकहरूले वान बाई मेटलाइफ एप डाउनलोड गरी रजिस्टर गरेपछि “आवर इन्सुरेन्स प्लान” सेक्सनमा गई आफ्नो बीमा पोलिसी तथा योजनासम्बन्धी विवरण हेर्न सक्छन् । यसले ग्राहकलाई आफ्नो बीमा योजना, त्यसका लाभ र सम्बन्धित विवरणबारे आवश्यक जानकारी डिजिटल रूपमा प्राप्त गर्न सहयोग पुर्याउँछ ।
Video Link– https://www.facebook.com/share/v/1EVYJdzRVF/

