
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता शशांक कोइरालाले पार्टी फुटाउने र नयाँ गठनको पक्षमा आफू नरहेको बताएका छन् ।
शनिबार राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् । ”पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा म बिल्कुलै छेन । जनताको चाहनाअनुसार पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,” उनले भने ।
१५ औँ महाधिवेशनमा पार्टीको नेतृत्वमा आफू आकांक्षी रहे पनि शेखर कोइरालाले उमेदवारी दिए आफूले सहयोग गर्ने उनले बताए । ”सभापति पदका लागि म इच्छुक छु । तर मेरो इच्छाले मात्रै हुँदैन,” उनले भने ।
नवीन र संगठित कांग्रेसको पक्षमा सबै क्रियाशील हुनुपर्ने उनले बताए । कांग्रेसले अब सैद्धान्तिक विषयलाई नभए विकासलाई मुख्य मुद्दा बनाउनुपर्ने उनले बताए ।

