
नेपाल लाइफको सीईओमा पुनः पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रवीण रमण पराजुलीले पुनः नियुक्ति भएका छन् ।
कम्पनीको संचालक समितिको बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।

