
सिटिजन लाइफको ३ करोड ५७ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता सेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ ।
कम्पनीको संस्थापक सेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि भदौ २७ गतेबाट सकिने भएको हो ।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको सेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त सेयरहरू लकइनमा छन्। लकइन अवधि सकिएसँगै सेयर कारोबार गर्न सकिनेछ ।

