
सुनको मूल्य तीन लाख सात हजार माथि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ। आज सुनको मूल्य तोलाको ६ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

