
शिखर पावर डेभलपमेन्टको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको कम्पनी सचिवमा अन्जु पौडेल नियुक्त भएकि छन् । कम्पनीको सञ्चालक समितिको साउन २२ गते शुक्रबार बसेको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको २०८२ मंसिर १६ गते सम्पन्न वार्षिक साधारणसभाको निर्णय बमोजिम कम्पनी सचिव नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको थियो । सोही अधिकार प्रयोग गर्दै समितिले पौडेललाई शुक्रबार कै मितिदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।
पौडेल कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानी स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा–७ मा बसोबास गर्दै आएकी छन्। उनको सेवा सुविधा तथा पारिश्रमिक सञ्चालक समितिले तोकेबमोजिम हुने निर्णय गरिएको छ ।
त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्नुपर्ने भएकाले प्रचलित नियमअनुसार लेखापरीक्षण समिति (अडिट कमिटी) समेत गठन गरेको छ। नवनियुक्त लेखापरीक्षण समितिमा सरोज प्रसाद दाहाल संयोजक, गणेश ओली सदस्य र अमृत आचार्य सदस्य रहेका छन् । सञ्चालक समितिले कम्पनीको लेखापरीक्षण तथा आन्तरिक नियन्त्रणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन उक्त समिति चयन गरिएको जनाएको छ ।


