
नेप्सेमा दुई म्युचुअल फण्डका २७ करोड ५० लाख इकाई सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई मुच्युअल फण्डको साढे २७ करोड इकाइ सूचीकृत भएको छ । दुई बन्दमुखी म्युचुअल फण्डका कुल २७ करोड ५० लाख इकाई सूचीकृत भएको हो ।
बुधबार नेप्सेमा एलएस होराइजन १२ का १५ करोड इकाई तथा सानिमा इक्विटी फण्ड–२ का १२ करोड ५० लाख इकाई सूचीकृत भएका हुन् । बन्दमुखी प्रकृतिका यी दुवै योजनाका इकाई दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था अनुसार साउन २१ गतेदेखि नेप्सेमार्फत कारोबारमा आउनेछन्।
सूचीकृत योजनामध्ये सानिमा इक्विटी फण्ड–२ को अवधि १० वर्ष रहेको छ भने एलएस होराइजन १२ को अवधि १२ वर्ष निर्धारण गरिएको छ। सानिमा इक्विटी फण्ड–२ को योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने एलएस होराइजन १२ को योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

