
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ४ हजार २०० रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३८० रुपैयाँ रहेको थियो ।

