
सफ्टवेयर स्तरोन्नतिका लागि बन्द भएको सिटिजन्स लाइफको सेवा सुचारू

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सफ्टवेयर स्तरोन्नतिका लागि बन्द गरिएको सेवा सोमबार देखि सुरु भएको छ । कम्पनीले ग्राहकवर्गहरुलाई अझ सरल, सहज तथा सुलभ तवरले जीवन बीमा सेवा प्रदान गर्न हाल प्रयोग गर्दै आएको सफ्टवेयर प्रणालीलाई थप सुदृढ एवम् परिमार्जन गरी Life Insurance Management System iSolution Version Next मा सफलतापूर्वक प्रतिस्थापन (Migration) गर्ने कार्य सम्पन्न भई सेवा सुरु भएको हो ।
सोमबार बिहान ८ बजेदेखि सेवा सुरु भएको कम्पनीले जनाएको छ । ‘हाम्रो यस सफ्टवेयर स्तरोन्नति अवधिमा देखाउनु भएको धैर्यता, निरन्तर सहयोग, विश्वास र सद्भावका लागि बीमित, ग्राहकवर्ग, अभिकर्ता, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हृदय देखि नै कृतज्ञता व्यक्त गर्दछौं,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

