
एक अर्ब ८९ करोडभन्दा बढीको हुन्डी कारोबार गर्ने राजेन्द्रप्रसाद रिजाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले करिब २ अर्ब रुपैयाँ हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ अवैध रुपमा हुन्डी मार्फत कारोबार गरेको भन्दै प्रहरीले धादिङका राजेन्द्रप्रसाद रिजाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाएको गोप्य सूचनाका आधारमा शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्दा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो रकम हुन्डीमार्फत कारोबार गरेको खुलेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिई सिआइबीले धादिङको सत्मदेवी–८ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई नागार्जुन–८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

