
एक वर्षमा लघु निर्जीवन बीमाकाे व्यापार १ अर्ब माथि, कसको कति ?

काठमाडौं । लघु निर्जीवन बीमकले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३१ करोड रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४ वटा लघु निर्जीवन बीमकले १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यस अवघि ती लघु बीमकले ५ लाख ९७२ वटा बीमालेख जारी गरेका छन्।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो लघु बीमकले १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी गर्दै ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गर्दै ३२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३१ करोड ८१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९८ हजार ७ वटा बीमालेख जारी गर्दै ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

