
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्र रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन । वित्तीय अनियमितता र ऐन उल्लंघनको मुद्दामा फरार रहेका रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट सीआईबीले नियन्त्रणमा लिएको हो ।
धितोपत्र र बीमा ऐन अन्तर्गतका कसूरमा उनीमाथि सरकारले मुद्दा चलाएको थियो। दिपक भट्टसहित अन्य व्यक्तिहरू मुछिएको यस प्रकरणमा रिमालको संलग्नता देखिएपछि उनी लामो समयदेखि फरारको सूचीमा थिए । पदबाट निलम्बित अवस्थामै रहेका रिमाललाई पक्राउ लगत्तै जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ ।

