
जन्मदिनमा जीवन बीमा

काठमाडौं । नेपाल अरनिको यातायात प्रा.लि. का निमित्त कार्यालय प्रमुख तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजर अभिकर्ता विकास लामा मार्फत कृष्णबहादुर खड्काले आफ्नो जन्मदिनमा जीवन बीमा गरेका छन् । जन्मदिनमा जीवन बीमा उपहार स्वरुप दिने प्रचलन धेरै देखिदै आएको छ तर जन्मदिनमा गरिने खर्चमा केही रकम थपेर आफूले आफ्नै जीवन बीमा गरेर उदाहरणीय कार्य गरेका छन् कृष्णबहादुर खड्काले ।
यसरी आफू र परिवारको आर्थिक भविष्य सुरक्षित गराउन आफूले जीवन बीमा गरेको बनाउनुहुन्छ कृष्णबहादुर खड्का । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजर विकास लामाको उत्प्रेरणाले जन्मदिनमा जीवन बीमा गर्न प्रेरित हुनुभयो ।
अभिकर्ता विकास लामा स्वंम पनि आफ्नो छोरीको जीवन बीमा गरेर बीमासँग जोडिनु भएको जन्मदिनको सेलिब्रेसनमा हुन जाने खर्चलाई जीवन बीमा गरेर वार्षिक प्रिमियम तिरिने हुनाले हरेक जन्मदिनले प्रिमियम तिरिने बताउनुहुन्छ । नेपाल अरनिको यातायात प्रा।लि। का निमित्त कार्यालय प्रमुख विकास लामा आफूले यातायात क्षेत्रमा कार्यरत रहँदा नजिकबाट महसुस गरेको जोखिम कहिल्यै बाजा बजाएर आउँदैन । दुर्घटना, रोग वा अन्य अप्रत्याशित घटनाले कुनै पनि बेला हाम्रो जीवनको दिशा बदल्न सक्छ । त्यसैले जीवन बीमा कुनै विलासिता होइन, हरेक व्यवसायी, मजदुर, कर्मचारी तथा प्रत्येक परिवारका लागि आवश्यक सुरक्षा कवच हो भन्ने महसुस भएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता एजेन्सी म्यानेजर विकास लामाको उद्देश्य कसैलाई बीमा पोलिसी बेच्नु मात्र होइन, जीवन बीमासम्बन्धी सही ज्ञान र सचेतना फैलाउनु हो, ताकि प्रत्येक व्यक्तिले यसको महत्व आफैं बुझेर आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने निर्णय गर्न सकून् भन्नुहुन्छ ।
जन्मदिनमा जीवन बीमा गरेर फजुल खर्चलाई आर्थिक भविष्य सुरक्षित गर्न पाएकोमा गर्व गर्नुहुन्छ कृष्णबहादुर खड्का ।

