
सरकारद्धारा भारतीय विमानस्थलबाट श्रमिक पठाउने १ सय ५९ म्यानपावरलाई कारबाही

काठमाडौं । सरकारले एकसाथ गैर कानुनी रुपमा नेपाली श्रमिकलाई छिमेकी मुलुक भारतको विमानस्थलबाट विदेश पठाएको भन्दै १ सय ५९ वटा म्यानपावरलाई कारबाही गरेको अवस्था छ। वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन भएको भन्दै कारबाही गरिएको हो ।
यता, विभागले २०८२ चैत १ देखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिई विदेश गएका कामदारको उडान विवरण संकलन गरी अनुगमन गरेको एवम् सोही अवधिमा कामदारलाई स्वदेशी विमानस्थलबाटै पठाइएको हो कि होइन भन्ने सन्दर्भमा केही गहिराईमा पुगेको अवस्था छ ।
अहिले १ हजार १ सय १७ संचालित म्यान पावरले लाइसेन्स लिएको बेलामा सोही म्यानपावर कम्पनीमध्ये ६ सय ७८ कम्पनीले मात्र विभागले मागेको विवरण बुझाए। सोही बेलामा १सय ५९ कम्पनीले विभागको स्वीकृति बेगर भारतीय विमानस्थल प्रयोग गर्दै श्रमिक विदेश पठाएको बताइएको छ।
अन्य ४ सय ३९ वटा म्यानपावर कम्पनीले विवरण नबुझाउँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ उल्लंघन गरेको ठहर भएको छ । सरकारले उनीहरुलाई सचेत समेत गराएको अवस्था छ ।

