
राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई भन्यो : डिजिटल ठगीबाट सचेत रहनु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले डिजिटल ठगीबाट जोगिन ग्राहकहरुलाई आग्रह गरेको छ । बैंकले अनधिकृत व्यक्ति तथा ठगी गिरोहले पछिल्लो बैंकको नाम प्रयोग गरी ग्राहकहरूलाई फोन तथा सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएको चाल पाएको हो ।
यस्तो बेलामा बैंक स्रोतले ग्राहका केवाईसी अपडेट गर्ने बहानामा खाता नम्बर, ओटीपी, स्क्रिन सेयर तथा शंकास्पद लिङ्कहरू पठाएर ग्राहकको गोपनीयतामाथि प्रहार भइरहेको र त्यस्ता ठगी ग्राहकका लागि निकै घातक हुने बताएको छ ।
बैंकको विज्ञप्तिमा आफ्ना कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिले ग्राहकसँग केवाईसी अपडेट होस् वा अन्य कुनैपनि प्रयोजनका लागि कहिल्यै पनि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण स्ता व्यक्तिगत र गोप्य विवरण नमाग्ने खुलाइएको छ।
त्यस्तै, कुनै पनि ग्राहकहरूलाई अनधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत आग्रह गरेको बैंकले यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाईएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गरी जानकारी गराउन साथै बैंकको आफ्नै वेबसाइटबाट प्रकाशित हुने बैंकका आधिकारिक सूचना मात्र फलो गर्न पनि सुसूचित गराएको हो।
साथै, बैंकले आफ्ना ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको बेलामा अन्य ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकहरूलाई सूचना जारी गरिएको छ ।

