
आईसीएफसी फाइनान्सले आइतबार पनि सेवा दिने

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आइतबार पनि आफ्नो सेवा दिने भएको छ । सरकारले सार्वजनिक बिदा दिएको भए पनि कम्पनीले असार २८ गते तीन शाखाबाट सेवा प्रवाह गर्ने भएको हो ।
आइतबार केन्द्रीय कार्यालय भाटभेटेनी नक्साल र उपत्यका बाहिरको भैरहवा र नारायणगढ शाखाबाट सेवा प्रवाह हुने फाइनान्सले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म (For Cash Deposit / Withdrawal) र बिहान १० देखि दिउँसो ४ः०० बजे सम्म (For Clearing / IPS/RTGS) संचालनमा रहने जनाएको छ ।


