
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्का गर्न माग गर्दै थापाले हाले रिट



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्का गर्न माग गर्दै कृष्णबहादुर थापाले रिट हालेका छन् । थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई लक्षित गर्दै रिट दायर गरेका छन् ।
मंगलबार थापाले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३९१०, ९२० र ९३० बमोजिम अमान्य गर्न एकाएक माग दाबी गरे ।
उनले दिएको उक्त रिट अनुरुप सर्वोच्च अदालतबाट अन्तरिम आदेश प्राप्त भए तत्कालका लागि नयाँ स्टकको लाइसेन्स रोक्का हुनेछ। एकाएक रिट दायर हुनु, त्यसले अर्थ बजारमा एक किसिमको तरंग ल्याउँनु स्वभाविक देखिए पनि आगामी दिनमा त्यसको नतिजा के हुने हो भन्ने हेर्नका लागि केही समय धैर्य गर्नु पर्ने अवस्था छ ।


