
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७ हजार २०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको छ । आज सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४५० रुपैयाँ रहेको थियो ।

