
प्रि ओपन सेसनमा करिब साढे ११ अंक बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.४३ अंक बढेर २६७३.१४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२४ अंक बढेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ५२ स्टकको ९० पटकको कारोबारमा ४३ करोड २७ लाख ७८ हजार ९२४ रुपैयाँबराबरको ४ लाख ३३ हजार ३५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

