नेप्सेमा सूचीकृत भयो मुक्तिनाथ म्युचुअल फण्ड १
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको कोष प्रबर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ सूचीकृत भएको छ। सो फण्डको १० अंकित दरको १२ करोड ५० लाख एकाइ ९१५ प्रतिशत बिज पुँजीसहित सोमबार नेप्सेमा सूचीकरण भएको हो ।
उक्त योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको अवस्थामा एक कार्यक्रमका बीच नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट सञ्चालक–प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्रध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।