
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० हजार वटा विद्युत् मिटर उपलब्ध भइसकेको जनाएको छ। प्राधिकरणका अनुसार उक्त मिटरहरू सातै प्रदेशका सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको छ।
प्राधिकरणले नयाँ विद्युत् मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न आग्रह गरेको छ।
प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आवश्यक मिटर उपलब्ध भएकाले नयाँ जडान तथा मिटर प्रतिस्थापनसम्बन्धी प्रक्रिया नियमित रूपमा अघि बढ्ने जनाएको छ।

