
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ ।

