
कतिमा भयो स्नो रिभर्सको पहिलो कारोबार ?

काठमाडौं । आजको स्पेशल प्रि ओसन सेसनमा स्नो रिभर्सको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर असार ११ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

