
विराजभक्तले उम्मेदवारी फिर्ता लिएपछि रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो नाम फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन् ।
रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए । पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ ।

