
ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस पार्टनर समिट सफलतापूर्वक आयोजना गरेको छ । नेपाली विद्यार्थी र पेशाकर्मी (व्यवसायिक व्यक्ति) लाई आइइएलटिएसको माध्यमबाट अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरको पहुँच दिलाउन यसका साझेदार संस्थाले पु¥याएको योगदानलाई सम्मान र कदर गर्न आयोजित समिटमा नेपालका विभिन्न क्षेत्रका साझेदार संस्था सहभागी भएका थिए ।
समिटमा ब्रिटिस काउन्सिल र यसका साझेदार संस्थाबीचको सुदृढ सहकार्यबारे विस्तृत रुपमा चर्चा गर्दै नेपालमा अन्तर्राष्ट्रिय योग्यता र शैक्षिक अवसरमा पहुँच विस्तार गर्ने आफूहरुको साझा प्रतिवद्धतालाई पुनः स्मरण गरिएको थियो । सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्म अवधिमा आइइएलटिएस दर्तामा उदाहरणीय कार्य गरेको
साझेदारलाई सम्मान समेत गरिएको थियो ।
साझेदारसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्दै ब्रिटिस काउन्सिल नेपालको परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक (कन्ट्री एक्जाम्स डाइरेक्टर) प्रतिष्ठा थापा रायमाझीले भन्नुभएको छ– “हाम्रा साझेदारहरुले हजारौं युवालाई अन्तर्राष्ट्रिय शिक्षा, करियर र विश्वव्यापी अवसरसँग जोडेर उनीहरूको भविष्य निर्माणमा निकै
महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साझेदारहरुको प्रतिवद्धता र मार्गदर्शनले विद्यार्थीलाई आफ्ना लक्ष्यहरू हासिल गर्न आत्मविश्वाससहित अघि बढ्न सहयोग गरेको छ । त्यसैले हामी उनीहरूको अमूल्य योगदानको सम्मान गर्दै क्ष्भ्ीत्क् यल ऋयmउगतभच सेवा सुरु गर्न पाउँदा उत्साहित छौं ।
योसँगै IELTS on Computer र Paper–based IELTS दुवै विकल्प उपलब्ध हुनेछ । यो सेवाले परीक्षार्थीलाई आइइएलटिएसका लागि थप सहजता र तत्काल नतिजा प्रकाशनका साथैविद्यार्थी र बजारको आवश्यकता अनुसार परीक्षा सञ्चालन गर्ने अवसर प्रदान गर्नेछ । तसर्थ, हामी आपसमा मिलेर नयाँ पुस्तालाई जीवनोपयोगी अवसरकोपहुँच दिलाउन प्रतिबद्ध छौं ।”
ब्रिटिस काउन्सिल नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले भन्नुभएको छ– “हाम्रा साझेदारहरूले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै विश्वव्यापी मञ्चमा सहभागी हुने नेपालको आकांक्षालाई सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। IELTS on Computer को सेवा शुरुवात्सँगै हामी अन्तर्राष्ट्रिय अंग्रेजी भाषा मूल्याङ्कनलाई थप सहज, पहुँचयोग्य र भविष्यका लागि अझ प्रभावकारी बनाउँदैछौं । आइइएलटिसबाहेक हामी रोजगारदाता र अन्य संस्थाहरूका लागि अंग्रेजी भाषाको शिक्षण, सिकाइ र मूल्याङ्कन सेवा उपलब्ध गराउने तयारीमा छौं, जसबाट दक्ष जनशक्ति, रोजगारीका लागि चाहिने योग्यता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक दक्षतालाई सुदृढ बनाउन सहयोग पुग्नेछ । हाम्रा साझेदारसँग मिलेर नेपालको प्रतिभालाई विश्व मञ्चमा सफल हुन चाहिनेसीप र
ज्ञान प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौ ।”
अवार्ड विजेता
विभिन्न विधामा अवार्ड प्राप्त गरेका संस्थाहरु
प्लेटिनम पार्टनर अवार्ड अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि
टप एसोसिएसन अवार्ड एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान)
गोल्ड अवार्ड केआइइसी लर्निङ सेन्टर प्रा.लि
सिल्भर अवार्ड द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि
ब्रोन्ज अवार्ड एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्
ब्रोन्ज अवार्ड एइसीसी स्टडी अबोर्ड कन्सल्टेन्ट प्रा.लि
ब्रोन्ज अवार्ड ए.ओ.पी ग्लोवल कन्सल्टेन्ट
ब्रोन्ज अवार्ड आइइएलटिएस सेन्टर प्रा.लि
ब्रोन्ज अवार्ड ब्रिज इन्टरनेसनल ग्रुप प्रा.लि
सन् २०२५ देखि ब्रिटिस काउन्सिलले नेपालमा आइइएलटिसको परीक्षा सञ्चालन हुने विभिन्न स्थानमा साझेदार संस्था छनोटका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षेत्रीय तहका ती कार्यक्रममा उत्कृष्ट कार्य गर्ने साझेदारहरुलाई सहभागी गराउने गरिन्छ । निम्न लिखित साझेदारहरुले आफ्नो सम्वन्धित क्षेत्रमा गरेको योगदानका लागि प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
साझेदार स्थान
द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि चितवन र हेटौडा
एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्, दाङ घोराही र नेपालगञ्ज
सुमेधा एजुकेसन नेटवर्क प्रा.लि इटहरी र विराटनगर
बिर्तामोड एजुकेसन फाउन्डेसन प्रा.लि बिर्तामोड
मिराकल इन्स्टिच्युट प्रा.लि पोखरा
ब्रिटिस काउन्सिल आइइएलटिएसबारे
अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइइएलटिएस) उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषाको दक्षता जाँच गर्ने प्रणाली हो । विश्वव्यापी रुपमा १२ हजार भन्दा बढी संस्थाले यसलाई मान्यता दिने गरेका छन्। आइइएलटिसलाई मान्यता दिने संस्थाभित्र शैक्षिक संस्था, रोजगारदाता, सरकारी र व्यवसायिक निकाय लगायत छन् । आइइएलटिसलाई ब्रिटिस काउन्सिल, आइडीपी आइइएलटिएस र क्याम्ब्रिज एसेस्मेन्ट इङलिसले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । थप जानकारीका लागिः www.ielts.org
ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक– अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछौं । उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेका छौं । हामी २ सय भन्दा बढी मुलुक र भूभागका नागरिकसँग काम गर्छौं । सन्२०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुगेको छ । www.britishcouncil.org

