
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १४० रुपैयाँले सस्तो भएको हो । आज सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८८ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७३० रुपैयाँ रहेको थियो ।

