
सुनको मूल्य १४ सयले बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ४०० र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ रहेको थियो ।

