
सिटिजन लाइफद्वारा जेठमहिनामा ११ करोड ९५ लाख दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै ११ करोड ९५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ।
चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महीनासम्म अर्थात् ११ महीनासम्म आफ्ना बीमितहरूलाई १ अर्ब रुपैयाँ दाबी भुक्तानी दिइसकेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले बीमितबाट दाबी निवेदन प्राप्त हुनेबित्तिकै आवश्यक प्रक्रिया अघि बढाई शीघ्र रूपमा दाबी भुक्तानी गर्दै आएको जनाएको छ। कागजात अपुग भएका वा अन्य कुनै कारणवश केही दाबीहरूको भुक्तानीमा ढिलाइ हुन पुगेका बाहेक अधिकांश दाबीहरूको भुक्तानी छिटोछरितो रूपमा गरिँदै आएको कम्पनीले जनाएको छ।

