
प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.२६ अंक घटेर २७११.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.७४ अंक बढेर २७२२.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६१ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५७ स्टकको १४४ पटकको कारोबारमा २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँ ८० पैसाबराबरको ३९ हजार ७८७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ।


