
सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९८ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १५ रुपैयाँ रहेको थियो ।


