
हिमालयन लाइफ इन्स्योरेन्सको व्यत्तित बीमालेखको विलम्ब शुल्कमा ५० प्रतिशत छुट



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमा लेखमा लाग्ने विलम्व शुल्क (ब्याज/जरीवाना) मा शुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गरेर जतिसुकै अवधिको व्यतितव बीमालेखमा पनि व्याज र जरिवानामा ५० प्रतिशत छुट सुविधा दिने भएको हो ।
साविकको प्राइम लाइफ इन्स्योरेन्स कं. लि., यूनियन लाइफ इन्स्योरेन्स कं. लि. र गुरांस लाइफ इन्स्योरेन्स कं. लि. बाट बिभिन्न मितिमा बीमा गराई व्यतित ( भएका बीमालेखहरूमा मिति २०८३ असार २ गतेदेखि १९ गते सम्ममा नविकरण ÷पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने बिलम्व शुल्क ( ब्याज /जरीवाना) मा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले छुटका लागि विभिन्न सर्तहरु भने तोकेको छ । कम्पनीका अनुसार यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ । कम्पनीबाट ब्याज/जरीवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू बीमालेख नविकरण भएको मितिले दुई बर्ष भित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज/जरीवाना वापतको रकम कम्पनीबाट कट्टा गरिनेछ ।
व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरीवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरूपको जोखिम बहन हुने ब्यवस्था गरी ढुक्क हुन कम्पनीले आग्रह गरेको छ ।


