
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन् ।
कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्ष अवधिको लागि करारमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो ।