
नीति र नियतको दलदलबाट बाहिरिन ऊर्जा क्षेत्र निर्णायक बन्न सक्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्। इप्पानको २४ औं साधारण सभा तथा ८ औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।
सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागत योग्य छ । विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने भनिएको छ। यसका साथै विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएकोले स्वागतयोग्य छ ।
नेपाल लामो समय देखि नीति र नियतीको दलदलमा फसेको बताए। ‘नीति र नियतिको दलदलमा बस्यो। नीति जहिले राम्रो आउने तर नियती राम्रो भएन्,’ उनले भने, ‘त्यसैल् नीति राम्रो आउने तर काम नहुने अवस्था आयो। अपेक्षाकृत काम हुन सकेन्।’

