
सुनको मूल्यमा उच्च वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ रहेको थियो ।

