
सेयर बजार झिनो अंकले घट्यो, कारोबार ६ अर्ब माथि



काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजारमा आज पनि १.५४ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३३.५९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने १०३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.२९ अंकले घटेर ४६९.०७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ ।
परिसूचक घटेको दिन कारोबार भने बढेको छ । आज सेयर बजारमा ३५७ कम्पनीका १ करोड २३ लाख ७९ हजार ६७० कित्ता सेयर ६३ हजार ७०१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ४४ करोड १७ लाख ६० हजार ३४९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


